४ वटा प्रदेशमा मतपत्र ढुवानी सकियो, ८ करोडमध्ये अब २६ लाख थान छाप्न बाँकी

४ वटा प्रदेशमा मतपत्र ढुवानी सकियो, ८ करोडमध्ये अब २६ लाख थान छाप्न बाँकी

lxdfnL lhNnfdf dtkq n}hfg] tof/L ;'v]{t, !& sflQs M k|ltlglw;ef tyf k|b]z;ef ;b:o lgjf{rgsf nflu ;'v]{t ljdfg:ynl:yt g]kfnL ;]gfsf] Po/ a]; SofDkaf6 lxdfnL lhNnfdf x]lnsK6/dfkm{t dtkq 9'jfgL ul/Fb} . 8f]Nkf,x'Dnf / afh'/fdf g]kfnL ;]gfsf] x]lnsK6/dfkm{t dtkq n}hfg] Joj:yf k|b]z lgjf{rg sfof{non] u/]sf] 5 . tl:a/M ;'/]z cfrfo{÷/f;;

काठमाण्डाै – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि चार वटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी सम्पन्न भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र ढुवानी सम्पन्न भएको हो ।

आज बिहीवार मनाङ र मुस्ताङ जिल्लाका लागि आवश्यक मतपत्र हेलिकप्टरमार्फत ढुवानी भएसँगै चार वटा प्रदेशको मतपत्र ढुवानी सम्पन्न भएको निर्वाचन आयाेगले जनाएकाे छ । भोलिदेखि प्रदेश १ मा मतपत्र ढुवानी सुरु हुने छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र भने यसअघि नै ढुवानी सम्पन्न भइसकेको छ ।

यस पटक एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० जना मतदाताका लागि झन्डै आठ करोड मतपत्र आवश्यक पर्ने छ । जसमध्ये अब २५ लाख ९४ हजार थान मतपत्र छपाइ हुन बाँकी छ । भोलिसम्म सबै मतपत्र छपाइ सम्पन्न हुने र कात्तिक २५ गतेसम्ममा हरेक निर्वाचन अधिकृतको कार्यलयमा मतपत्र पुग्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, कार्तिक १७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij