केपी ओली ‘वनमारा झार’ : घनश्याम भुसाल

केपी ओली ‘वनमारा झार’ : घनश्याम भुसाल

रुपन्देही
रुपन्देही–१ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘बनमारा झार’ को संज्ञा दिएका छन् । देशको संबैधानिक फूलहरुको बगैंचामाथि बनमारा झारले आक्रमण गरेको भनी उनले टिप्पणी गरे ।

भुसालले भने, ‘ओली साँच्चिकै बनमार झार रहेछन्, अन्तत उनले आफ्नो चरित्र देखाइ छाडे । बनमाराले आफ्नो अस्तित्व समेत संकटमा पार्ने गरी बगैचा उजाड बनाउने कोशिस गर्यो ।’

शुक्रबार जिल्लाको धकधइ क्षेत्रका मतदाताहरूसंग कुरा गर्दै भुसालले नेकपा एमालेमा रहेका अधिकांश नेता कार्यकर्ताहरू इमान्दार रहेपनि नेतृत्वले गलत गरेको तर्क गरे । ओलीले एमालेको पार्टी प्रणाली मात्रै नभएर लोकतन्त्र र देशको संबैधानिक व्यवस्थामाथि नै प्रहार गरेर बनमार झारको चरित्र देखाएको भुसालको भनाइ छ ।

कमल थापाहरू सूर्य चिन्हबाट चुनाव लडेकोतर्फ संकेत गर्दै भुसालले भने, “पन्चहरूले एमालेको चिन्ह लिएर लड्ने तर पार्टीमा बर्षौँसम्म काम गरेका नेताहरूले टिकटका लागि माफी माग्नुपर्ने ? यस्तो पनि हुन्छ ?’ आफुले साढे ४ दशक पसिना बगाएको पार्टीबाट बिद्रोह गरेको उल्लेख गर्दै उनले इमान्दार एमाले कार्यकर्ताहरूले आफुलाई साथ दिने बताए ।

भेटघाट कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता एवं क्षेत्र नं. १ (ख) का उम्मेदवार अब्दुल रज्जाकले गठबन्धनबाट नै विकास र समृद्धि सम्भव भएको दावी गरे । आफू संविधान सभा सदस्य निर्वचित भएको बेला गरेका कामको चर्चा गर्दै उनले अबको आवश्यकता संविधानको रक्षा र पुर्वाधार एवं सामाजिक विकास भएको बताए ।

त्यसैगरी रुपन्देही १ (क) का उम्मेदवार विश्वनाथ यादवले आफुहरू धेरै नबोल्ने तर बोलेजती काम गरेर देखाउँने बताउँदै गठबन्धनलाई विजयी गराउन अनुरोध गरे ।

क्षेत्रका ३३ वटै वडामा संयुक्त कार्यालय उद्घाटन गरिसकेको गठबन्धनले आइतबारबाट औपचारिक रूपमा घरदैलो कार्यक्रम सुरू हुने निर्वाचन परिचालन कमिटीका संयोजक हिराबहादुर खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक १८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij