मतदाता शिक्षामा केन्द्रित हुन बुद्धिजीविहरुलाई उम्मेद्वार थापाकाे आग्रह

मतदाता शिक्षामा केन्द्रित हुन बुद्धिजीविहरुलाई उम्मेद्वार थापाकाे आग्रह

 

रुपन्देही क्षत्र नं. २ सत्ता गठबन्धनकाे तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार केशवबहादुर थापा सुर्यवंशीले बुद्धजीविहरुलाई मतदाता शिक्षामा केन्द्रित हुन आग्रह गर्नु भएकाे छ । उहाले बदर मत राेक्दा मतदाताले दिएकाे मतकाे पनि कदर हुने र जति बदर मत घटाउन सकिन्छ त्यति आफूहरुलाई फाईदा हुने बताउनु भयाे ।

शनिबार बुटवलमा आयाेजना गरिएकाे बुद्धिजीविहरुकाे भेटघाट कार्यक्रममा बाेल्दै उहाँले त्यसकाे लागि पनि बुद्धजीविहरुले मतदातालाई मतदाता शिक्षा दिन आग्रह गर्नु भएकाे हाे । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष समेत रहनु भएका उम्मेद्वार थापाले याे निर्वाचन संविधान र व्यवस्था बचाउने वा समाप्त गर्ने विषयकाे जनमत संग्रह जस्तै रहेकाे बताउनु भयाे । संसदमा झण्डै दुई तिहाई नजिक रहेकाे एमाले अध्यक्ष केपि ओलीले आफ्नाे घर झगडाकाे विषयलाई लिएर दुई दुई पटक संसद विघटन गरेकाे बताउँदै अब पनि एमालेले जिते संविधान र व्यवस्था समाप्त गर्ने आराेप लगाउनु भयाे ।

‘बुटवलमा झुम्साकाे पानी ल्याउंछु भनेर विष्णु पाैडेलले भाेट माग्दाका बच्चाहरु अहिले तरुण भईसके, कति त युराेप अष्ट्रेलिया पुगिसके हाेलान् ।’ उहाँले भन्नूभयाे- ‘पानी ल्याउनुकाे साटाे अहिले पनि त्यही झुट्टा नारा लगाउँदै हुनुहुन्छ, याे ठूलाे वैमानी हाे ।’

उहाले यहाँकाे विकासकाे लागि सत्ता गठबन्दनसंग सहमति, सहकार्य र एकता गरिएकाे र याे गठबन्धनका उम्मेद्वारलाई जिताउन सबैलाई आग्रह गर्नुभयाे ।

त्यस्तै प्रदेस सभा सदस्य पदका उम्मेद्वार बामदेव क्षेत्रीले यहाकाे विकास र समृद्धकाे लागि गठबन्धनका उम्मेद्वारले जित्नुपर्ने बताउनु भयाे । उहाले अगाडिका चुनावमा जनता ढाटेका नेतालाई भुलेर पनि मत दिन नहुने भनाई राख्नु भयाे ।

कार्यक्रममा बुटवल ८ का वडा स्तरीय प्रचार समिति संयाेजक मदन पाैडेल गठबन्धनकाे स्थिति राम्राे रहेकाे र याे एकता कायम राखिराख्नु पर्ने बताउनु भयाे ।

रुपन्देही क्षेत्र नं. २ मा काँग्रेस नेतृत्वकाे सत्ता गठबन्धनले प्रतिनीधि सभा सदस्य पदमा राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापा तथा प्रदेश सभा सदस्य पदमा (क) बाट नेपाली काँग्रेसका युवा नेता दीर्घबहादुर केसी र (ख) बाट माओवादी केन्द्रका बामदेव क्षेत्रीलाई उम्मेद्वार बनाएकाे छ ।

प्रकाशित मिति : शनिबार, कार्तिक २६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij