जनताका न्यूनतम आवश्यकता पुरा गर्नेछु: भूसाल

जनताका न्यूनतम आवश्यकता पुरा गर्नेछु: भूसाल

 

रुपन्देही, २६ कात्तिक । प्रतिनिधि सभा निर्वाचनको लागि रुपन्देही क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवारी नेता घनश्याम भुसाल मतदाता भेटघाटमा व्यस्त रहेका छन् । नेता भुसाल जनताको घर घरमा पुगेर सर्वसाधारणलाई आफ्नो एजेन्डाको विषयमा जानकारी गराइरहेका छन् ।

देवदह नपा, तिलोत्तमा नपा, रोहिणी र ओमसतिया गाउँपालिका गरि रुपन्देही १ मा ३३ वटा वडा रहेका छन् ।रोहिणी र ओमसतियाका अधिकांश भित्रि गाउँमा शिक्षा, स्वास्थ्य र सडकको पहुँच अझै राम्रासंग पुग्न सकेको छैन। भित्रि मधेश भएको कारण जनचेतनाको अभाव हुँदा शिक्षा र स्वास्थ्यको पहुँचबाट जनता टाढा छन् । सडक पुगे पनि भत्किएको र खाडल छन् । यी र यस्तै खाले समस्या प्रत्यक्ष रुपमा हेर्न र सर्वसाधारणको गुनासो सुन्न भुसाल मतदाताको घर घरमा पुगेका हुन् ।

मतदाता भेटघाटका क्रममा भुसालले रोजगारी बृद्धि, गरिबी नियन्त्रण, निःशुल्क गुणस्तरीय शिक्षा, गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा लगायत जनचासो र सरोकारका विषयमा आफू सधै प्रतिबद्ध रहेको बताएका छन् । दैनिक गुजाराका लागि रोजगारीको सिर्जना नहुँदा भारत तथा तेस्रो मुलुक पलायन हुने बाध्यता रहेको र स्वदेशमै रोजगारीको सृजनाको लागि आफुले पहल गर्ने भुसालले बताउने गरेका छन् ।

घरदैलोको क्रममा जनताको गुनासो सम्बोधन गर्दै नेता भुसालले जनताका न्यूनतम आवश्यकता पुरा गर्ने प्रतिबद्धता जनाएका छन् । आफूले निर्वाचन जितेपनि हारे पनि जनताका न्यूनतम आवश्यकता पुरा गर्न सधै प्रयासरत रहने उनले उल्लेख गरे । घरदैलो अभियान अन्तर्गत शनिबार रोहिणीको वडा नं. ५, ६ र ओम सतियाको ७ वडामा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरिएको निर्वाचन परिचालन समितिका संयोजक हिरा केसीले जानकारी दिए ।

 

प्रकाशित मिति : शनिबार, कार्तिक २६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij