रुपन्देही ५ : बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा जनलहर बढ्यो

रुपन्देही ५ : बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा जनलहर बढ्यो

बुटवल ।

रुपन्देही क्षेत्र नंं ५ मा लोकतान्त्रिक बाम गठबन्धनको पक्षमा लहर सिर्जना भएको छ । सोमबार मात्रै लुम्विनी सांस्कृतिक नगरपालिकाका स्थानीय बरिष्ठ समाजसेवी तथा जनता समाजबादी पार्टीका नेता नेपाली कांग्रेसमा प्रवेश गरेपछि रुपन्देही ५ मा भरतकुमार शाह र प्रदेश सभाका उम्मेदवार फकरुद्दीन खानको पक्षमा लहर सिर्जना भएको छ ।

सोमवारमात्रै जनता समाजबादी पार्टीका लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर अध्यक्ष अब्दुल मोविन खान र लुम्बिनी साँस्कृतीक नगर प्रमुख पदका उम्मेदवार अमिरूद्दिन मुसलमान पाटी परित्याग गरि नेपाली कांग्रेसमा प्रदेश गर्नुभएको छ ।

उहाँहरुलाई रुपन्देही क्षेत्र नं. ५ का उम्मेदवार भरतकुमार शाह लगायत कांग्रेसका जिल्ला नेताहरुले स्वागत गर्नु भएको थियो ।

यसैगरी रुपन्देही क्षेत्र नं. ५ मा लोकतान्त्रिक बाम गठबन्धनले बुधवार आमसभा गर्ने भएको छ । विहान ११ बजे सालझण्डीमा हुने सभामा नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि र नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्य आउने कार्यक्रम रहेको छ भने दिउँसो २ बजे लुम्विनी क्षेत्रमा हुने आमसभामा पनि उहाँहरु नै अतिथीका रुपमा सहभागी हुने र सम्वोधन गर्ने कार्यक्रम रहेको लोकतान्त्रिक बाम गठबन्धनले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, कार्तिक २९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij