उत्पीडित समुदायको पक्षमा सधै प्रतिबद्ध छु : विनोद पहाडी

उत्पीडित समुदायको पक्षमा सधै प्रतिबद्ध छु : विनोद पहाडी

बुटवल-नेकपा माओवादी केन्द्रका नेता तथा रुपन्देही निर्वाचन क्षेत्र न ५  का गठबन्धनका साझा उम्मेद्वार विनोद पहाडीले विपन्न,सुकम्बासी र उत्पीडित समुदायको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन ।

निर्वाचन क्षेत्र न ५ को १ अन्र्तगतका विभिन्नक्षेत्रमा चुनावी भेटघाटका क्रममा उम्मेद्वार पहाडीले नागरिकले भोगेका दैनिक अप्ठ्याराहरुलाईसमाधान गर्ने प्रतिबद्धता जनाएका हुन । कञ्चन गाउँपालिका वडा न। १ लौसामा जागरणसृजनशिल आमा समूह र कञ्चन जागरण दलित सञ्जालले मंगलबार आयोजना गरेकोअन्तरक्रिया कार्यक्रममा बोल्दै पहाडीले निर्वाचन क्षेत्रमा रहेका विपन्न, दलित तथामहिलाहरुलाई आत्मनिर्भर र सक्षम बनाउने कार्यक्रम लागू गर्ने बताए ।

उनले निर्वाचनक्षेत्रमा रहेका विपन्न र दलित तथा महिलाहरुको जीवनस्तर उकास्ने सवालमा गठबन्धनका तर्फबाटउम्मेद्वार भएका प्रतिनिधिसभाका भरतकुमार शाह र आफू संवेदनशिल रहेको बताए ।

निर्वाचनक्षेत्रलाई खरको छानामुक्त, महिला तथा विपन्न समुदायका लागि घुम्ती स्वास्थ्य सेवा समेतसञ्चालन गर्ने पहाडीले घोषणा गरे । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेतरहेका पहाडीले अहिलेको गठबन्धन विपन्न र सिमान्तकृत नागरिकको अधिकार संरक्षणका लागिबनेको बताए । उने विगतमा केन्द्रीय बजेट पारेर प्रतिनिधिसभाका उम्मेद्वार काँग्रेसनेता शाहले काम गरेको बताउँदै अब थप कामहरु हुने विश्वास दिलाए । उनले गठबन्धनकाउम्मेद्वारलाई जिताएर पछुतो मान्ने अवस्था आउन नदिने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका उपसभापती डा। अनिता शाहले कञ्चन क्षेत्रमा अझै पनिभौतिक विकास गर्न बाँकी रहेको बताउँदै अब मानवीय विकासका लागि समेत गठबन्धनका उम्मेद्वारहरुले काम गर्ने बताइन । शाहले गठबन्धनको स्थानीय सरकार बनिसकेको रअब संघ र प्रदेशमा समेत गठबन्धनको उम्मेद्वार जिताएमा मात्रै दलित, महिला तथासिमान्तकृत समुदायहरुले अधिकार स्थापित हुने बताईन ।

उक्त अवसरमा कञ्चन जागरण दलित सञ्जालका अध्यक्ष राजकुमार सुनार, सदस्य दिल मायाँ विक तथा कृष्णढुंगानाले बोल्दै स्थानीयहरुलाई रोजगारीसँगै विकास निर्माणमा जोड्न आग्रह गरेकाथिए । मंगलबार विभिन्न क्षेत्रमा घरदैलौ गरिएको छ ।

प्रकाशित मिति : बुधबार, कार्तिक ३० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij