रुपन्देहीमा२ सय ८ मतदान स्थलमा ६८ प्रतिशत मतदान प्रतिशत मत खस्यो

रुपन्देहीमा२ सय ८ मतदान स्थलमा ६८ प्रतिशत मतदान प्रतिशत मत खस्यो

बुटवल

रुपन्देहीमा ६८ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यो प्रारम्भिक विवरण हो, अन्तिम विवरण भने अझै आइसकेको छैन । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले ६८ प्रतिशत मत खसेको र केही बेरमै अन्तिम विवरण आइसक्ने बताए ।

बिहानदेखि नै मतदाता आउने क्रम जारी रहे पनि स्थानीय तहको निर्वाचनजस्तो उत्साह मतदाताहरूमा देखिएन । रुपन्देहीमा ६ लाख ३८ हजार ९५२ मतदाता छन् । कार्यालयका अनुसार जिल्लामा २८ राजनितिक दल चुनावी प्रतिष्पर्धामा सहभागी छन् । ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा १५ पदका लागि २ सय ३ जनाले उम्मेदवारी दिएका छन् ।

जिल्लाका मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए । रुपन्देहीमा २ सय ८ मतदान स्थलमा ७ सय २ मतदान केन्द्र राखिएका थिए ।

पाँचवटा अस्थायी मतदाताका लागि स्थल थपिएको छ । मतगणनाका लागि निर्वाचन आयोगले मतगणनास्थलमा आवश्यकता अनुसार स्रोतसाधन व्यवस्थापन गरिसकेको र राति १० बजे देखि मतगणना गर्ने तयारी भइरहेको जनाएको छ । निर्वाचन सम्पन्न भएका मतदान स्थलबाट मतपेटिका संकलन गरेर मतगणना स्थलमा ल्याईरहेको निर्वाचन कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

प्रकाशित मिति : आइतबार, मंसिर ४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij