बुटवल।
रुपन्देहीको क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यतर्फ जारी मतगणनामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका छन् ।
११०० मत गणना हुँदा गणेश पौडेलले ३९९ मत प्राप्त गरेर अग्रता लिएका हुन् ।
एमालेका उपाध्यक्ष पौडेलले ३६८ मत प्राप्त गरेका छन् भने सत्ता गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका केशब बहादुर थापा सूर्यवंशीले २९३ मत प्राप्त गरेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार एमालेका पौडेल स्वतन्त्र पार्टीका गणेश भन्दा ३१ मतले पछाडी छन् भने सत्ता गठवन्धनका केशब पौडेलभन्दा ७५ मतले पछाडी रहेका छन् ।
यहाँ एक लाख ३९ हजार ५६० मतदातामा रहेकामा ८१ हजार २०२ मत खसेको छ । यो क्षेत्रमा यसअघिका तीनवटा संसदीय चुनावमा एमालेका पौडेलले लगातार जितेका थिए ।
प्रकाशित मिति : सोमबार, मंसिर ५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्