जनताको आक्रोश र निराशालाई व्यवस्थापन गर्नु नै आगामी सरकारको चुनौती : गगन थापा

जनताको आक्रोश र निराशालाई व्यवस्थापन गर्नु नै आगामी सरकारको चुनौती : गगन थापा

काठमाडौं

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले आजैबाट संसदीय दलको निर्वाचनको तयारी थाल्ने बताएका छन् ।

काठमाडौं ४ बाट विजयी भएपछि उनले भने, ‘यो निर्वाचनले स्थिर सरकार मात्रै होइन । देश हाँक्ने उपयुक्त चालक पनि खोजेको छ । त्यो हाम्रो पार्टीले मात्रै दिन सक्छ । हामीले पार्टीलाई एकताबद्ध गरेर नयाँ नेतृत्व दिन आवश्यक छ । त्यो यो निर्वाचनको मतले देखाइसकेका छन् ।’

गठबन्धनले बहुमत प्राप्त गर्दै गठबन्धन नेतृत्वको सरकार बन्ने जिकिर गरे । जनतामा देखिएको आक्रोश र निराशालाई व्यवस्थापन गर्नु नै आगामी सरकारको चुनौती रहेको बताए ।

काठमाडौं ४ का मतदाताहरुको ऋणी भएको बताएका छन् । आफूलाई निर्वाचित गर्ने मतदाताको विश्वासमा ठेस लाग्ने कुनै काम नगर्ने समेत बताए । उनले जनतामा गरेको वाचा पूरा गर्ने प्रतिबद्धता गरे ।

प्रकाशित मिति : मंगलबार, मंसिर ६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij