प्रदेश राजधानी सार्नुु पुुर्व पुुर्वाधार निमार्ण सक्न कांग्रेस रुपन्देहीको आग्रह

प्रदेश राजधानी सार्नुु पुुर्व पुुर्वाधार निमार्ण सक्न कांग्रेस रुपन्देहीको आग्रह

 

भैरहवा

नेपाली कांग्रेस रुपन्देहीले लुुम्बिनी प्रदेश सरकारले प्रदेशको अस्थायी मुकाम रुपन्देहीबाट दाङ्ग सार्न लागिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । नयाँ सरकार नवन्दै बर्तमान कामचलाउ सरकारले जसरी पनि प्रदेश राजधानी सार्ने तयारी गरीरहेका बेला कांग्रेसले ध्यानाकर्षण गराएको हो । कांग्रेसले राजधानी लैजाने जिम्म संरचनाहरु निमार्ण भएपछि नयाँ बन्ने सरकारलाई दिनुु पर्ने माग गरेको छ ।

प्रदेश सभाबाट दाङ्गको देखुुरी उपत्यका र अर्घाखाँचीको सिगंगा नगरपालिकाको राप्ती किनारको सेरोफेरोमा लैजाने निर्णय अनुसार अहिले त्यँहा संरचना नै निमार्ण नभएको अवस्थामा राजधानि सार्न हतार गरीएको भन्दै कांग्रेस रुपन्देहीले हतार नगर्न आग्रह गर्दै यो माग अघि सारेको हो । कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले बिज्ञप्ती जारी गर्दै प्रदेश सभाको नियमित काम गर्न समेत संरचना निमार्ण नभएको अवस्थामा हतारमा राजधानी सार्दा दैनिक कामकाजमा पर्न सक्ने असर तर्फ पनि प्रदेश सरकार सचेत हुनुु पर्ने उल्लेख गरेका छन् । ‘तत्काल सार्वभौम प्रदेश सभाको निर्णय कार्यान्वयन गर्दा प्रदेश सरकार, संसद, बिषयगत समिती लगायतका संरचनाको नियमित संचालन र व्यबस्थान गर्न साथै प्रदेश सभा र सरकार सङ्गै जाने सभासद र कर्मचारीको आवासका लागी पर्याप्त पुर्वाधार नभएको स्थानमा जवजस्ती लैजानुु प्रदेश सभा तथा प्रदेश सरकारको सेवा प्रभाहमा समेत प्रतिकुल असर पर्ने देखीएकोले तत्काल मुकाम सार्ने प्रक्रीया रोकी भौतिक संरचना निमार्णमा ध्यान दिन र नवनिर्वाचित प्रदेश सभाबाट बन्ने नयाँ सरकारलाई सोको कार्यभार सुम्पन आह्वान गर्दछौ,’ सभापति खाणद्धारा जारी ज्ञिप्तीमा भनिएको छ ।

प्रदेशको मुकाम कहाँ राख्ने र सार्ने भन्दा बढी प्राथमीकता प्रदेश सरकारले प्रदेश बासीको दैनिकीसगं जोडीने गरी कानुुन निमार्णमा ध्यान दिन कांग्रेसले आग्रह गरेको छ । पछिल्लो निर्वाचनको साङ्गकेतीक अभिमतलाई दृष्टिगत गर्दै प्रदेश मुकाम जहाँ छ त्यहीबाट चुस्त रुपमा सेवा सचांलनको माग कांग्रेसको छ ।

प्रकाशित मिति : आइतबार, मंसिर १८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij