बुटवल-नेपाली काँग्रेसका उपासभापति धनराज गुरुङले अब मुलुक बनाउने हो भने प्रधानमन्त्री हुन चाहाने व्यक्तिले पहिले आफनो सम्पत्ती छानविनको आब्हान गर्न सक्नु पर्ने बताएका छन । आफनो सम्पती छानविनको आब्हान गर्न नसक्ने व्यक्तिले मुलुकलाइ भ्रष्टाचार मुक्त बनाउँदै जनताको हितमा काम गर्न नसक्ने उनले बताए ।
आज (शनिबार) देखि बुटवलमा सुरु भएको नेपाल निर्माण सम्बद्ध श्रमिक संघ काउनको चौंथो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै नेता गुरुङले देशलाइ भ्रष्टाचार मुक्त नबनाए सम्म विकास र समृद्धि नआउँने भन्दै त्यसको सुरुवात प्रधानमन्त्रीबाटै गरीनु पर्नेमा जोड दिए । स्याङजा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका गुरुङले नेताका सम्पत्ती छानविन गरे ठुला भ्रष्टाचारका काण्ड बाहिरीने डरले पनि त्यसो हुन नसकेको बताए । उनले आफु प्रधानमन्त्री बने पहिलो काम भ्रष्टाचारीको ढाड सेक्ने र सुशासनको पक्षमा काम गर्ने दावी गरे । ‘यदी मलाइ प्रधानमन्त्री बन्ने मौका मिले पहिलो काम मेरो सम्पत्ती छानविनको आब्हान गर्नेछु र भ्रष्टाचारीको ढाड सेक्ने छु’काँग्रेस उपसभापती गुरुङले भने । नेताका भ्रष्टाचार काण्ड बाहिरीने डरले पनि आफ्नो नाम प्रधानमन्त्रीमा चर्चा गर्न कसैले नसकेको उनको भनाइ थियो । अहिले नै सरकारको तथा काँग्रेसको संसदिय दलको नेतृत्व कसले गर्ने भन्ने बारेमा चर्चा गर्नु हतार हुने भन्दै उनले आफुलाइ प्रस्ताव गरीए नाइ नभन्ने पनि बताए ।
नेता गुरुङले मजदुर बर्गलाइ समृद्ध नबनाए सम्म देश सम्पन्न बन्न नसक्ने पनि बताए । नेता र तीनका आफन्त भाइभतिजा,श्रीमती अघिपछि लगाएर गरीने राजनीतिले नेता मात्रै सम्पन्न हुने भन्दै उनले देशको विकास र समृद्धिकालागि मजदुर बर्गको उथ्थानमा विशेष ध्यान दिनु पर्ने बताए । अव बन्ने सरकारले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमीकहरुलाइ पनि योगदानमा आधारित सामाजिक सुरक्षामा जोड्नु पर्नेमा जोड दिए । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) का केन्द्रिय अध्यक्ष जेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आर्चाय,पुर्व अध्यक्ष खिलानाथ दाहाल,नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सदस्य कुमार केसी,काँग्रेस रुपन्देही सभापती रामकृष्ण खाण,बुटवल उपमहानगरपालिकाका प्रमुख तथा काँग्रेस बुटवल नगर सभापती खेलराज पाण्डे,ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष अजयकुमार राई,महासचिव योगेन्द्र कुमार कुँवर,गणेशबहादुर केसी,अच्युतराज पाण्डे,कृष्ण प्रसाद बेलबासे, प्रदिप आर्चाय,ओमप्रकाश चौधरी,सुर्य देव दास लगायतले बोल्दै देश निर्माणमा श्रमीक बर्गको महत्वपूर्ण भुमिका हुने भएपनि श्रमीकको हित हुने गरी नीति बनाउन या भएका व्यवस्था कार्यान्वनयन गर्न सरकार पक्ष सधैं उदासिन देखिएको बताए । नेपाल निर्माण तथा सम्बद्ध श्रमीक संघका (काउन) का अध्यक्ष जेवी गुरुङले देश भरका स्थानीय तहमा काउनको संगठन बिस्तार गरी सामाजिक सुरक्षा कोषमा निर्माण सम्बद्ध श्रमीकहरुलाइ जोड्ने अभियान संचालन भइरहेको बताए ।
पौष४ गते सम्म चल्ने अधिवेशनले काउनको नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनमा भाग लिन देशभरबाट काउनमा आवद्ध ३६५ जना प्रतिनिधिहरु बुटवल आएका छन । काउनको आगामी नेतृत्वकालागि हालमा महासचिव प्रदिप आर्चाय,पुर्व उपाध्यक्ष राजेन्द्र बाँनीया र मकवानपुरका पुर्व जिल्ला अध्यक्ष कुमार पौडेलको नाम चर्चामा छ ।
प्रकाशित मिति : शनिबार, पुष २ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्