आफ्नै नेतृत्वमा सरकार बनाउन संवाद सुरु गर्ने कांग्रेसको निर्णय

आफ्नै नेतृत्वमा सरकार बनाउन संवाद सुरु गर्ने कांग्रेसको निर्णय

काठमाण्डाै – नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि गठबन्धन र अरू दलहरूसँग संवाद थाल्ने निर्णय गरेको छ ।

आज आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा गठबन्धन र अरू दलहरूसँग कांग्रेस नेतृत्वमा सरकार बनाउन संवाद सुरु गर्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । ठूलो दलले सरकारको नेतृत्वमा दाबी गर्नु स्वाभाविक भएको उहाँको भनाइ छ ।

प्रवक्ता महतले प्रधानमन्त्रीमा माओवादी अध्यक्ष प्रचण्डको दाबी स्वाभाविक भए पनि गठबन्धनमा छलफल गरेर टुङ्गो लगाइने पनि बताउनुभयो ।

यस्तै बैठकले संसदीय दलको नेता छान्न सह–महामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समिति सदस्यमा केन्द्रीय सदस्यहरू पुष्पा भुसाल र प्रकाश रसाइली रहनुभएको प्रवक्ता महतले जानकारी दिनुभयो । उहाँले आउँदो बुधवारभित्र नेपाली कांग्रेस संसदीय दलको नेताको चुनाव भइसक्ने बताउनुभयो ।

प्रकाशित मिति : आइतबार, पुष ३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij