काठमाण्डाै – नेपाल टी–२ क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टार खेल्दैछन् । खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ ।
लुम्बिनीले यसअघि भएका पहिलो र दोस्रो खेल जितेको थियो । अङ्क तालिकामा शीर्ष स्थानमा रहेको लुम्बिनीको २ खेलमा ४ अङ्क छ । पोखरा दुई खेलमा अङ्कविहीन छ । त्यस्तै, आज हुने दोस्रो खेलमा काठमाण्डौ नाइट्स र जनकपुर रोयल्सबीच खेल हुनेछ । यो खेल कीर्तिपुर मैदानमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
जनकपुरले यसअघिका दुई खेलमा जितेर ४ अङ्क जोडेको छ । जनकपुर अङ्कतालिकाको दोस्रो स्थानमा छ । दुई खेलमा पराजित विराटनगर अङ्कविहीन छ । प्रतियोगिताको फाइनल खेल २७ गते हुनेछ । ६ टोली सहभागी प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ पाउनेछ ।
प्रकाशित मिति : मंगलबार, पुष १२ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्