काठमाण्डाै – सत्ता साझेदार दलहरूको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसिरहेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता साझेदार दलका अध्यक्षहरू सहभागी रहेका छन् ।
आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम, मन्त्रिपरिषद् विस्तार, पहिलो मन्त्रिपरिषद् बैठकले गरेका निर्णयको प्रभावकारी कार्यान्वयन, मुख्यमन्त्रीको भागबन्डालगायतका विषयमा छलफल केन्द्रित हुनेछ । साथै सरकारमा सहभागी रहेका कुन दलले कति र कुन–कुन मन्त्रालय पाउने विषयमा पनि विस्तृत छलफल हुनेछ ।
प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै छलफल र सम्वाद तीव्र पारेका प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ । प्रतिनिधिसभाको बैठक पुस २५ गतेका लागि बोलाइएको छ । यसअघि हिजो प्रचण्डनिवास ललितपुरको खुमलटारमा हिजो प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।
संसद्को पहिलो बैठकअगावै मन्त्रिपरिषद् विस्तारसहित शक्ति बाँडफाँडसँग जोडिएका विषय प्याकेजमै टुंगो लगाउने दुई नेताबीच समझदारी भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
ओलीसँगको छलफलअघि प्रचण्डले हिजो नै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्नुभएको थियो । पुस १० गते सात दल र तीन स्वतन्त्र सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । लगत्तै प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिमण्डल गठन भएको थियो ।
प्रकाशित मिति : बिहिबार, पुष १४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्