राहदानी तथा राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन गृह मन्त्रालयको पहल

राहदानी तथा राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन गृह मन्त्रालयको पहल

काठमाण्डाै – राहदानी तथा राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउ गृह मन्त्रालयले थप पहल अगाडि बढाएको छ । सेवाग्राहीको निरन्तर गुनासो आएपछि समस्या समाधानका लागि पहल थालेको गृह मन्त्रालयले जनाएको छ ।

लाइन बस्नुपर्ने, अनलाइन फारम भर्न समस्या तथा प्रक्रिया झन्झटिलो भएकोबारेमा आएका गुनासालाई सकेसम्म समाधान गर्ने प्रयास भइरहेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । त्यसका लागि सूचना प्रविधिमा ज्ञान भएका व्यक्तिको टोलीबाट सुझाव लिने काम भइरहेको छ ।

टोलीको सुझावका आधारमा समस्याको समाधानतर्फ लाग्ने उहाँको भनाइ छ । गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्री रवि लामिछानेले राहदानी, राष्ट्रिय परिचयपत्रलगायतलाई सहज बनाउने र लाइन बस्नुपर्ने बाध्यता हटाउने प्रतिबद्धता जनाउनुभएको थियो ।

विद्युतीय राहदानी बनाउन धेरैजसो प्रक्रिया अनलाइनबाटै गर्नुपर्छ । तर अनलाइनबाट आवेदन दिएर तोकिएको मितिमा कार्यालयमा उपस्थित हुँदा पनि नागरिकलाई रातको १२ बजेदेखि लाइन लाग्नु पर्ने बाध्यता छ ।

प्रकाशित मिति : शनिबार, पुष १६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij