नेपालको राष्ट्रिय राजनीतिमा पछिल्लो समय बाह्य प्रभाव बढ्यो:खाण

नेपालको राष्ट्रिय राजनीतिमा पछिल्लो समय बाह्य प्रभाव बढ्यो:खाण

बुटवल-नेपाली काँग्रेसका नेता तथा निर्वतमान गृहमन्त्री बालकृष्ण खाणले नेपालको राष्ट्रिय राजनीतिमा पछिल्लो समय बाह्य प्रभाव बढेको बताएका छन । वी.पी.कोइराला अध्ययन प्रतिष्ठान रुपन्देहीले ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवशको बुटवलमा आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गर्दै नेता खाणले काँग्रेस नेतृत्वको सरकार गठनको चरणमा रहँदा अन्तराष्ट्रिय प्रभावका कारण प्रतिकुल अवस्था सिर्जना भएको बताएका हुन ।
पछिल्लो समय विपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिको महत्व र सान्र्दभीकता झनै बढेको भन्दै उनले नेपालको राष्ट्रिय राजनीतिमा भइरहेको बाहय प्रभावलाइ रोक्नु पर्ने बताए । ‘काँग्रेस देशको मुख्य लोकतान्त्रिक शक्ति भएकाले देशमा भइरहेको बाह्य हस्तक्षेपलाइ कसरी रोक्ने,देश र जनताको बृहत्तर विकासलाइ कसरी अगाडी बढाउने भन्ने दायित्व जिम्मेबारीबाट पछि हट्ने छैन’ नेता खाणले भने । यसपाली सरकार गठनमा काँग्रेसको प्रयास सफल हुन नसकेपछि निराश भइहाल्नु पर्ने अवस्था भने नरहेको उनले बताए । ‘केही आन्तरिक र बाहय प्रभावका कारण सरकार निर्माणमा सफल हुन सकेनौं तर यसबाट आत्तीहाल्नु पर्दैन, यद्यपी रणनीतिक हिसावले हामी कहाँनीर चुक्यौं समिक्षा गर्न जरुरी छ,करेक्सन भएर अगाडी बढ्नु पर्छ’नेता खाणले भने ।
नेपाली काँग्रेस पार्टीका मुलभुत सिद्धान्त,नीति र दृष्टिकोणका साथ सत्ता तथा सरकार संचालनको राणनीतिमा पनि लागीरहने उनको भनाइ थियो । काँग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने भन्दै उनले लोकतान्त्रिक मुल्यमान्यता र पद्यतीलाइ बलियो बनाउँदै देश र जनताको बृहत्तर हितकालागि अन्य दलसंग हातेमालो गर्ने गरेको स्पष्ट पारे । नेता खाणले देश जनताकालागि आफु सधै सहमती,सहकार्य र एकताका पक्षमा उभिएको भएपनि आफनो निर्वाचन क्षेत्रमा राष्ट्रिय,अन्तराष्ट्रिय शक्तिहरुको चलखेल कै कारण हार व्यहोर्नु परेको टिप्पणी गरे । सो अवसरमा उनले वी.वी.बाटिकामा बनाइएको वीपी कोइरालाको अर्धकदको शालिकको अनावरण समेत गरेका थिए । कार्यक्रममा काँग्रेसका जिल्ला सभापती तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण,बुटवल नगर सभापती तथा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे,काँग्रेस लुम्बिनी प्रदेश सदस्य बालकुमारी भण्डारी,फर्सुराम ढकाल,प्रतिष्ठानका अध्यक्ष युवराज गिरी,रामप्र्रसाद खनाल,विमलराज भट्टराइ, खिमानन्द भट्टराइ लगायतले बोल्दै काँग्रेस जहाँ छ त्यहाँ विकास,मेलमिलाप र राष्ट्रिय एकता जोडीने भन्दै वीपीले ल्याएको मेलमिलापको नीतिको सान्दर्भीकता र महत्व झन बढेर गएको बताए ।
प्रतिष्ठानको अध्यक्षमा पुनः गिरी
यसैबिच वी.पी.कोइराला अध्ययन प्रतिष्ठान बुटवल रुपन्देहीको छैठौं साधारण सभा तथा चौथो अधिवेशनले युवराज गिरीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । प्रतिष्ठानको उपाध्यक्षमा लक्ष्मण आर्चाय क्षेत्री,सचिवमा खिमानन्द भट्टराइ,कोषाध्यक्ष अर्जुन ढकाल र सहसचिवमा दिनानाथ गिरी निर्विरोध निर्वाचित भएका हुन । त्यस्तै सदस्यहरुमा बिमलराज भट्टराइ,रबि विक,सितादेवि कार्की,राधा ज्ञवाली,सितु लाकोल चयन भएका छन । लेखा समिति संयोजकमा भरठ गिरी,सदस्य दिलबहादुर थापा र राजेन्द्र रिजाल रहेको निर्वाचन अधिकृत जीवनारायण अधिकारीले जानकारी दिए । एक जना उपाध्यक्ष र ४ जना सदस्य पछि मनोनित गरीने निर्वाचन अधिकृत अधिकारीले बताए ।

 

प्रकाशित मिति : आइतबार, पुष १७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij