पाल्पा – पाल्पाको पूर्वखोला गाउँपालिका–३ कमेरेमा हिजाे बेलुका ट्र्याक्टरबाट खसेर सहचालककाे ज्यान गएकाे छ ।
निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु ३ त ६२५९ नम्बरको ट्र्याक्टरबाट खसेका भालकुनका २८ वर्षीय सेते सारुलाई त्यही ट्र्याक्टरको बायाँतर्फको टायरले किचेकाे हाे । जिल्ला प्रहरी कार्यालय पाल्पाले सारुको घटनास्थलमा नै ज्यान गएकाे जानकारी दिएकाे छ ।
ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, पुष २१ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्