काठमाडौं : लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार गठनका लागि आह्वान जारी भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि पुस २७ गते अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरका हुन्।
उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार सरकार गठनका लागि आह्वान गरेका हुन्।
लुम्बिनी प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्।
यसअघि प्रदेश १, बागमती र कर्णाली प्रदेशमा पनि सरकार गठनका लागि आह्वान जारी भइसकेको छ।
प्रकाशित मिति : बिहिबार, पुष २१ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्