JanataToday.com

Advertisment

SKIP THIS

टी–२० क्रिकेट लिग : जनकपुर र लुम्बिनी तथा विराटनगर र फार वेस्ट खेल्दै

टी–२० क्रिकेट लिग : जनकपुर र लुम्बिनी तथा विराटनगर र फार वेस्ट खेल्दै

काठमाण्डाै – नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा जनकपुर रोयल्स र लुम्बिनी अल स्टार खेल्दैछन् । यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।

९ खेलमा ८ वटा जितेको लुम्बिनी १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा ६ वटा जितेको जनकपुर १२ अङ्कसहित दोस्रो स्थानमा छ । आज हुने दोस्रो खेलमा विराटनगर सुपर किङ्ग्स र फार वेस्ट युनाइटेड खेल्दैछन् । यो खेल दिउँसो १ बजे सुरु हुनेछ ।

८ खेलमा ३ वटा जितेको विराटनगर ६ अङ्ककासाथ चौथो स्थानमा र समान खेलमा २ वटा जितेको फार वेस्ट ४ अङ्ककासाथ पुछारमा छ । यो लिगका खेल कीर्तिपुर मैदानमा हुँदै आएको छ । प्रतियोगितामा काठमाण्डौ, पोखरा, लुम्बिनी, जनकपुर, फार वेस्ट र विराटनगर गरी ६ टोली सहभागी छन् ।

प्रकाशित मिति : शुक्रबार, पुष २२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij