देउवालाई भेटेपछि विश्वप्रकाशले भने- कसैलाई प्रधानमन्त्री अफर गरेका छैनौं

देउवालाई भेटेपछि विश्वप्रकाशले भने- कसैलाई प्रधानमन्त्री अफर गरेका छैनौं

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस कसैलाई प्रधानमन्त्रीको अफर नगरेको स्पष्ट पारेका छन् ।

शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेपछि सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिक्रियामा महामन्त्री शर्माले भने, ‘नेपाली कांग्रेस तत्काल नजाने गाउँको बाटो सोधिरहेको छैन र कसैलाई अघि लाग है भनेर पनि भनिरहेको छैन ।’

उनले कांग्रेसले कसैलाई प्रधानमन्त्रीमा अफर गरेको चर्चा भ्रम मात्रै रहेको जिकिर गरे । ‘नेपाली कांग्रेस अहिले यस्तो कुरामा विलकुलै संलग्न छैन,’ उनले भने, ‘नेपाली कांग्रेस अहिले कसैलाई अगाडि लगाएर हामी भर्खरै बाहिरिएको अवस्थामा जिम्मेवार र भूमिकामा रहन छाडेर हामीबाट संस्थागत रूपमा कहीँ पनि त्यस्तो भइरहेको छैन ।’

कसैलाई प्रधानमन्त्री प्रस्ताव गरेको हल्ला कोही साथीले चिया पिउँदै गर्दा भन्नुभएको भए पार्टीलाई थाहा नहुने उनले बताए ।

पार्टीको नेतृत्वले सावधानी अपनाउन नसक्दा राजनीतिक दुर्घटना भएको भन्दै उनले अन्तिम समयमा महामन्त्रीहरूको पनि पर्याप्त हस्तक्षेप नपुगेको स्वीकार गरे । ‘अन्तिम समयमा हाम्रो तर्फबाट पर्याप्त हस्तक्षेप हुनसकेन भनेर हामी पनि आत्मालोचित हौंला,’ उनले भने, ‘तर पनि दुर्घटना नभएर सेफ ल्याण्डिङ भयो, पाइलटको प्रसंशा हुन्छ, दुर्घटना भइहाल्यो भने कोपाइलटलाई दोष लगाउन थालियो भने त्यो पनि राम्रो हुँदैन ।’

प्रकाशित मिति : शुक्रबार, पुष २२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij