काठमाडौं : नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ।
शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री गगनकुमार थापाले आफूहरू प्रतिपक्ष दल भएको हैसियतले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट पारेका हुन्।
‘प्रधानमन्त्रीले सात दल मिलेर विश्वासको मत लिने भएपछि हामीले छलफल पनि गर्नुपर्दैन। हामी प्रतिपक्षमा बस्ने हो। हामीले प्रतिपक्षको भूमिका निर्वाह गर्ने हो,’ उनले भने, ‘हामीले पुस २६ गते औपचारिक रुपमा निर्णय गर्छ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते संसद्बाट विश्वासको मत लिने कार्यक्रम छ।
प्रकाशित मिति : शनिबार, पुष २३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्