काठमाण्डाै – प्रतिनिधि सभाका सभामुख पदको चुनाव यही माघ ५ गते हुने भएको छ । मङ्गलवार प्रतिनिधि सभा बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले सभामुख पदको चुनावकाे मितिबारे संसद्लाई जानकारी गराउनुभएको हो । त्यस अवसरमा उहाँले संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई सभामुखकाे चुनावकाे कार्यक्रमसम्बन्धी सूचना माघ ३ गते सार्वजनिक गर्न पनि निर्देशन दिनुभयो ।
सभाका ज्येष्ठ सदस्य राणाले भन्नुभयो, ‘प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७ बमोजिम प्रतिनिधि सभा सभामुख पदको चुनावका लागि यही २०७९ साल माघ ५ गते बिहीवारको दिन तोकेँ । साथै त्यही नियमको उपनियम १ बमोजिम सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमलाई सभामुख पदको चुनाव कार्यक्रमसम्बन्धी सूचना मिति २०७९ माघ ३ गते मङ्गलवारको दिन प्रकाशित गर्नसमेत निर्देशन दिन्छु ।’
सत्तारूढ दलहरुबीच सभामुख नेकपाएमालेलाई दिने सहमति भएको छ ।
प्रकाशित मिति : मंगलबार, पुष २६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्