दिगो विकासका लक्ष्य पूरा गर्न वार्षिक ५ खर्ब ८५ अर्ब रुपैयाँ अभाव छ : अर्थमन्त्री पौडेल

दिगो विकासका लक्ष्य पूरा गर्न वार्षिक ५ खर्ब ८५ अर्ब रुपैयाँ अभाव छ : अर्थमन्त्री पौडेल

काठमाण्डाै – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्वव्यापीरूपमा देखा परेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताउनुभएको छ ।

‘भ्वाइस अफ साउथ समिट’ अन्तर्गत अर्थमन्त्रीहरूको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोरोना महामारीपछि विश्वव्यापीरूपमा आर्थिक मन्दीको सङ्केत देखिएको र त्यसकाे सामनाका लागि सामूहिक पहल गर्ने यो उपयुक्त समय भएको बताउनुभएको हो । उहाँले नेपाल सन् २०२६ सम्ममा अल्पविकसित देशबाट स्तरोन्नति हुने बाटोमा रहेको र ‘समृद्ध नेपाल सुखी नेपाली’ को एजेन्डालाई अगाडि बढाउन केन्द्रित रहेको जानकारी दिनुभयो ।

आर्थिक रूपान्तरणका लागि नेपालले पूर्वाधार, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाजस्ता क्षेत्रहरूलाई प्राथमिकता दिएको र दिगो विकास लक्ष्य हासिल गर्न सन् २०१६ देखि २०३० सम्मको अवधिमा वार्षिक पाँच खर्ब ८५ अर्ब रुपैयाँ वित्तीय अभाव भएको अर्थमन्त्री पौडेलको भनाइ छ । अर्थमन्त्री पौडेलले नेपालका विकास योजना र कार्यक्रम कार्यान्वयन गर्न पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

‘भ्वाइस अफ साउथ समिट’ मा नेपाल, भारत, श्रीलङ्का, कोलम्बियालगायत १५ देशका अर्थमन्त्रीहरूको सहभागिता थियो ।

प्रकाशित मिति : बिहिबार, पुष २८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij