काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग टू क्रिकेटको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
नामिबिया र स्कटल्याण्डसँग हुने खेलका लागि क्यानले शुक्रबार २८ खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो।
तर बलात्कारको अभियोगमा जेल परेर २० लाख धरौटीमा छुटेका सन्दीप लामिछानेलाई भने क्यानले टिममा राखेको छैन। यसअघि उनलाई पनि टिममा राख्न सक्ने चर्चा भएको थियो।
२० असोजमा पक्राउ परेका लामिछाने थुनामुक्त भएपछि क्रिकेट संघका पदाधिकारीहरूले खेलमा फर्काउने विषयमा छलफल गरेका थिए।
प्रशिक्षणका लागि बोलाइएका खेलाडीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, शरद भेषावकर, ललित राजवंशी रहेका छन्।
त्यस्तै बिनोद ढकाल, सागर ढकाल, सन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अविनाश बोहरा, सूर्य तामाङ, विवेक यादव भीम अधिकारी, कुशल मल्ल, मौसम ढकाल, अनिल साह, विक्रम सोब, अंकित सुवेदी र भुवन कार्कीलाई पनि क्यानले टोलीमा समावेश गरिएको छ।
मौसम ढकाल, अंकित सुवेदी र सूर्य तामाङ टीमका लागि नयाँ अनुहार छन् । त्रिकोणात्मक एकदिवसीय खेल आगामी फेब्रुअरी १४ देखि २१ सम्म कीर्तिपुर क्रिकेट मैदानमा हुनेछ।

प्रकाशित मिति : शुक्रबार, माघ १३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्