गृह मन्त्री कसलाई बनाउने भन्ने जिम्मा प्रधानमन्त्रीकाे हाे : महरा

गृह मन्त्री कसलाई बनाउने भन्ने जिम्मा प्रधानमन्त्रीकाे हाे : महरा

काठमाण्डाै – सत्तारूढ नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले गृह मन्त्री कसलाई बनाउने भन्ने कुराको टुङ्गो लगाउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे भएको बताउनुभएको छ ।

सोमवार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उपाध्यक्ष महराले गृह मन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने विषय भएकाले त्यसलाई पार्टीभित्र प्रवेश नै नगराइएको जिकिरसमेत गर्नुभयो । उहाँले भन्नु भयो, ‘गृह मन्त्रीको विषयमा प्रवेश नै गरिएन । यो सरकारको विषय हो । गृह मन्त्री को हुन्छ, को हुन्न ? भन्ने कुरा प्रधानमन्त्रीले टुङ्गो लगाउने कुरा हो’

सर्वोच्च अदालतले आदेश दिएपछि गएकाे शुक्रवार उपप्रधानमन्त्री एवम् गृह मन्त्री रवि लामिछानेले आफ्नो पद गुमाउनुभएको थियो । त्यही पदमा कसलाई बनाउने भन्ने विषयमा प्रधानमन्त्री प्रचण्डले निर्णय गर्नुभएको छैन भने लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो जिम्मेवारीमा रहेको भन्दै त्याे मन्त्रालयमा दाबी नछाड्ने जनाएको छ ।

प्रकाशित मिति : सोमबार, माघ १६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij