लामिछाने बिरुद्धको उजुरी दर्ता भएन, सर्वोच्चको पूर्ण पाठपछि निर्णय हुने

लामिछाने बिरुद्धको उजुरी दर्ता भएन, सर्वोच्चको पूर्ण पाठपछि निर्णय हुने

काठमाण्डौं । सर्वोच्च अदालतको आदेशवाट मन्त्री र सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलो दोहारो राहदानीबिरुद्ध अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी परे पनि दर्ता भने हुन सकेको छैन  ।

सिन्धुली जिल्लाका युवराज पौडेल सफलले मंगलबार काठमाडौँ प्रहरी कार्यालयमा अमेरिका र नेपालको दोहोरो राहादानी लिएको आरोपमा अनुसन्धान गर्न उजुरी दिए पनि प्रहरीले उनी बिरुद्धको उजुरी भने हाललाई दर्ता गरेको छैन ।

काठमाडौं प्रमुख दानबहादुर कार्कीका अनुसार नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआएको हुनाले जाहेरी दर्ता नगरिएकोह हो । निवेदनमा पौडेलले खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै लामिछानेलाई राहदानी ऐन अनुसार कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन गएका थिए ।

प्रकाशित मिति : बुधबार, माघ १८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij