काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारबाट नबाहिरिने भएको छ । विहीवार बसेको केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो । बैठक झन्डै चार घन्टासम्म चलेको थियो ।
विहीवारको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन्देश पठाएर सहमतिका लागि दुई दिनको समय मागेकाले दुई दिन कुर्ने निर्णय भएको ढकालले बताउनुभयो ।
प्रकाशित मिति : शुक्रबार, माघ २० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्