उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा सहभागी गराउने लगायतका विषयमा छलफल गर्न संयन्त्रको बैठक बसेको हो। बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

यसअघि संयन्त्रको शुक्रबार बसेको बैठकमा पनि यी विषयमा छलफल भएको थियो। तर बैठक कुनै ठोस निश्कर्षमा भने पुग्न सकेको थिएन। एमालेलगायत ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड राष्ट्रपति पदमा राष्ट्रिय सहमतिको पक्षमा छन्।

आजको बैठकमा सरकारमा सहभागी भएको जनमत, सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति र जनता समाजवादी भने सहभागी छैन्।

एमाले भने पुस १० गते भएको सहमतिअनुसार राष्ट्रपति पदमा एमालेबाट उम्मेदवार हुनुपर्ने अडानमा छ। गठबन्धनका अन्य दल पनि एमालेको अडानमा नजिक छन्। यस्तै केही दिनअघि सभापति रवि लामिछानेको नागरिकता प्रकरण र त्यसबापत् गुमेको गृहमन्त्री पदका कारण सरकार छोडेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा समावेश गर्ने बारे पनि छलफल हुने भएको छ।

शुक्रबारको बैठकमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए। राप्रपाले पनि रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ।

प्रकाशित मिति : आइतबार, माघ २९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij