बुटवल,६ फागुन ।
बुटवलमा शनिबारदेखि जीपी कोइराला स्मृति महिला भलिबल रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
नेपाली कांग्रेसका नेता स्व.गिरिजा प्रसाद कोइरालाको १२ औं स्मृति दिवसको अवसरमा जीपी कोइराला स्मृति प्रतिष्ठान बुटवलको आयोजनामा भएको प्रतियोगिताको एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरेका हुन् ।
प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेयले नेपालको लोकतान्त्रिक आन्दोलनमा स्व. गिरिजा प्रसाद कोइरालाको योगदानको सम्मान गर्दै रनिङ शिल्ड प्रतियोगिताको सुरुवात गरिएको स्मरण गराउदै बुटवललाई खेल क्षेत्रको हबको रुपमा स्थापित गर्न यस्ताखाले प्रतियोगिता महत्वपूर्ण हुने विश्वास ब्यक्त गरे ।
जीपी कोइराला स्मृति प्रतिष्ठान बुटवलका अध्यक्ष राम बहादुर कार्कीको सभापतित्व र नेपाली कांग्रेस बुटवल उपमहानगर समितिका सभापति समेत रहेका नगर प्रमुख पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्य सचिब जयप्रकाश भट्टराई,जिल्ला खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष हरी क्षेत्री,प्रतिष्ठानका उपाध्यक्ष काजीमान श्रेष्ठ,महासचिब परमानन्द भट्टराई लगायतले प्रतियोगिताको उदेश्य र महत्वको बारेमा आ आफ्नो भनाई राखेका थिए ।
आइतबारसम्म सञ्चालन हुने प्रतियोगितामा १७ टिमको सहभागिता रहेको नेपाली कांग्रेस बुटवल उपमहानगर समितिका सचिब छाया पोखरेलले जानकारी दिए ।
प्रकाशित मिति : शनिबार, फाल्गुन ६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्