काठमाण्डाै – राष्ट्रपतिको चुनावका लागि संघीय संसदका ३ सय ३१ सांसद र प्रदेश सभाका ५ सय ५० सदस्यले मतदान गर्ने भएका छन् । निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरले राष्ट्रपति चुनावका लागि आज नामावली सार्वजनिक गरेको हो ।
संघीय संसदका ३ सय ३४ सांसदमध्ये चितवन–२ रिक्त रहेको छ । त्यस्तै निलम्बित सांसद टेकबहादुर गुरुङले पनि मतदान गर्न नपाउने भएका छन् । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरीको नाम पनि राष्ट्रपति चुनावको मतदाता नामावलीमा समावेश छैन । फरार सूचीमा रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको नाम भने मतदाता नामावलीमा समावेश छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुन १० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्