काठमाण्डाै – खाना पकाउने ग्यास चुहिएर भएकाे आगलागीबाट घाइते भई भारतको मुम्बइको नेशनल बर्न्स सेन्टरमा उपचाररत नेपाली कांग्रेसका नेता एवम् सांसद डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उहाँलाई आज बुधवारदेखि मुखबाटै खाना खुवाउन थालिएको छ ।
यसअघि पाइपबाट खाना खुवाउँदै आएकामा आजदेखि भने मुखबाटै खाना खुवाइएको सांसद भण्डारीसँगै रहेका योगराज कँडेलले जानकारी दिनुभयो । डा. भण्डारीलाई दिइएको अक्सिजनको मात्रा पनि घटाइएको छ । यसअघि आठ लिटर अक्सिजन दिइएकाेमा आज बिहानदेखि छ लिटरमा झारिएको छ ।
गएको बुधवार राति काठमाण्डाैकाे घरमा ग्यास लिक भएर आगलागीमा परि डा. भण्डारी घाइते हुनुभएको थियो । उहाँँको आमाको भने कीर्तिपुर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
प्रकाशित मिति : बुधबार, फाल्गुन १० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्