काठमाडौं : प्रतिनिधिसभा बैठक सोमबार बस्दैछ। बैठक दिउँसो १ बजे बस्दैछ। बैठक सांसद शहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरी स्थगित हुनेछ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी रहमानको हृदयाघातका कारण फागुन १३ गते शनिबार निधन भएको थियो।
उनीप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै बैठकले शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए।
प्रकाशित मिति : सोमबार, फाल्गुन १५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्