लुम्बिनीको प्रदेश सभाको बैठक आज

लुम्बिनीको प्रदेश सभाको बैठक आज

 दाङ – लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ।करिब महिना दिनपछि प्रदेश सभाको छैठौं बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

आज बस्ने प्रदेश सभाको बैठकमार्फत साना दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् ।

एमालेका मुख्यमन्त्री गिरीलाई विश्वासको मत दिएर सरकारलाई समर्थन लोसपा र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिने तयारी गरेका हुन् ।

नागरिक उन्मुक्तिका संसदीय दलका नेता धर्मबहादुर चौधरीले सम्भवतः आजै सरकारको समर्थन फिर्ता लिने तयारी गरेको बताए ।

यद्यपि लोसपा र नागरिक उन्मुक्ति भने सरकारमा सहभागी छैनन् ।

लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्तिको चार र लोसपाको तीन जना सांसद छन् ।

यता, आठ दलको बैठक आज बिहान ११ बजे दाङको देउखुरीमा बस्न लागेको छ । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै लुम्बिनीमा पनि एमाले नेतृत्व सरकारलाई अल्पमतमा पारेर नयाँ सरकार गठनको प्रयास स्वरुप आठ दलहरुबीच बैठक बस्न लागेको हो ।

लुम्बिनी प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका चार/चार, जसपा, लोसपा र जनमतका तीन/तीन, नेकपा एकीकृत समाजवादी र जनमोर्चाका एक/एक र स्वतन्त्रका २ प्रदेश सभा सदस्य छन् ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij