काठमाण्डाै – एएफसी २० वर्षमुनिकाे महिला एसियन कप छनोटमा नेपालले प्यालेस्टाइनलाई हराएकाे छ ।
फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा भएकाे खेलमा नेपालले घरेलु टाेली प्यालेस्टाइनलाई छ–शून्य गाेल अन्तरले हरायाे । नेपालको जितमा दीपा शाहीले चार गाेल गरिन् । यस्तै गरिमा राईले दुई गोल गरिन् ।
जितसँगै नेपालले तीन अङ्क जाेडेकाे छ । समूह ‘बी’ मा रहेकाे नेपालले अब दाेस्राे खेलमा मार्च १२ मा नर्दन मारियाना आइल्यान्डसँग खेल्नेछ ।
छनोटबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन् । दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । याे चरणबाट उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिकाे महिला एसियन कप खेल्नेछन् ।
एएफसी २० वर्षमुनिकाे महिला एसियन कप सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुनेछ । यस प्रतियाेगिताका लागि आयाेजना राष्ट्र उज्वेकिस्तानसहित सन् २०१९ मा भएकाे प्रतियाेगिताकाे शीर्ष तीन टाेली स्वतः छनाेट भइसकेका छन् । उज्वेकिस्तानसहित पछिल्लो संस्करणको विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया सिधै छनोट भइसकेका हुन् ।
प्रकाशित मिति : बुधबार, फाल्गुन २४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्