उपराष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

उपराष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

काठमाडौं -उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशन हुने भएको छ ।

आज साँझ ५ बजेभित्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति पदका लागि सत्ता साझेदार दलबाट ३ र नेकपा एमालेबाट एक गरी जम्मा चार जनाले शनिबार उम्मेदवारी दिएका थिए ।

गठबन्धन दलबाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएका छन् । नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।

रामसहायप्रसाद यादवको उम्मेदवारी खारेजीको माग गर्दै अष्टलक्ष्मी शाक्य र ममता झाले निर्वाचन आयोगमा उजुरी दिएका छन् । राष्ट्रपतिमा पुरुष उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेकाले उपराष्ट्रपतिमा पनि पुरुष उम्मेदवार हुन नहुने उजुरीकर्ताको दाबी छ ।

ती उजुरीहरुमाथि जाँचबुझ गरी १२ बजेभित्र निर्णय गर्ने, नामावली फिर्ताको समय दिने र पाँच बजेभित्र अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।

उपराष्ट्रपतिको निर्वाचनको सम्बन्धमा आज बिहान निर्वाचन अधिकृतको कार्यालयमा कानुन व्यावसायीहरुले ध्यानाकर्षण पत्रसमेत बुझाउँदैछन् ।

प्रकाशित मिति : आइतबार, फाल्गुन २८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij