उपराष्ट्रपतिमा ४ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने

उपराष्ट्रपतिमा ४ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने

काठमाण्डाै – यही चैत ३ गते शुक्रवार हुने उपराष्ट्रपति पदका लागि चार जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।

आइतवार निर्वाचन आयोगले दिएको समयावधिसम्म उम्मेदवारी दिएका कसैले पनि नाम फिर्ता नलिएपछि उपराष्ट्रपतिमा चार जनाबीच प्रतिस्पर्धा हुने भएकाे हाे । उपराष्ट्रपतिका लागि अब नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहरा, जनता समाजवादी पार्टी नेपालबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव, जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति पदको उम्मेदवार रहेका राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नाम फिर्ता लिने समय दिउँसाे १ देखि ४ बजेसम्मको थियो । कुनै पनि उम्मेदवारले नाम फिर्ता लिनुभएन र हामीले अहिले अन्तिम नामावली प्रकाशित गरिसकेका छौँ । अष्टलक्ष्मी शाक्य बोहरा, प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव हुनुहुन्छ ।’

प्रकाशित मिति : आइतबार, फाल्गुन २८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij