प्रधानमन्त्रीले विश्वासको मत लिने र मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनको तयारी

प्रधानमन्त्रीले विश्वासको मत लिने र मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनको तयारी

काठमाण्डाै – राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव सकिएपछि सत्ता गठबन्धनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने र मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सि सोमवार विश्वासको मत लिने तयारी यसअघि नै गरिसक्नुभएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता गठबन्धनको तयारी छ । एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संवैधानिक प्रावधान अनुसार पर्सि विश्वासको मत लिन लाग्नुभएको हो । उहाँले पुस १० गते एमालेसहितको सात दल र ३ स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएर पुस २६ मा विश्वासको मत लिनुभएको थियो । त्यतिबेला उहाँलाई संसदमा प्रतिनिधित्व गर्ने १२ दलमध्ये १० दलका २ सय ६८ सांसदले विश्वासको मत दिएका थिए । तर राष्ट्रपति चुनावमा प्रचण्डले कांग्रेससहितको गठबन्धन बनाएपछि राप्रपाले फागुन १३ गते र एमालेले फागुन १५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

समर्थन गरेका दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । एमाले, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीले छाडेका मन्त्रालयहरू समेत अहिले प्रधानमन्त्री प्रचण्डसँगै छ । अब मन्त्रिपरिषद् विस्तार हुँदा कांग्रेस, एकीकृत समाजवादी लगायत नयाँ गठबन्धनमा रहेका दलहरुलाई सहभागी गराउने तयारी छ ।

प्रकाशित मिति : शनिबार, चैत्र ४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij