काठमाण्डाै – हिजो तोलामा दुई हजार रुपैयाँले घटेको सुनको भाउ आज भने १ हजार २ सय रुपैयाँले बढेको छ ।
आज सुनको भाउ तोलामा १ लाख ९ हजार रुपैयाँ पुगेको छ । यसअघि गएको ५ गते आइतवार सुनको भाउ बढेर अहिलेसम्मकै उच्च १ लाख १० हजार रुपैयाँमा पुगेको थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र ९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्