तिलोत्तमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं तीन को जानकीनगर टोल विकास संस्थाको तेस्रो अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ। अधिबेशन ले बिष्णु बहादुर पौडेल क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा दिपा अर्याल, सचिवमा रीता शर्मा प्युठानी, कोषाध्यक्ष मा कमला पौडेल र सह सचिवमा बिमल पौडेल रहनु भएको छ। त्यसैगरी सदस्यहरुमा सुमित्रा गौतम, शुशिला जि सी, इन्द्रा जि सी, सीता गिरी,मिना घिमिरे, शारदा सापकोटा डिल्लीराम चापागाईं, इश्वरी प्रसाद पाण्डे, हुमकला बश्याल , गिता देवि के सी , मिना घिमिरे , गिता राना, कबिता थापा , शंकर थापा, शान्ति अधिकारी, गिता देवि रेग्मी र हरि प्रसाद पाण्डे रहनु भएको निर्वाचन समितिका संयोजक टिकाराम शर्मा ले जानकारी दिनुभयो। तिलोत्तमा नगरपालिका वडा नं तीन का वडाध्यक्ष कल्याण प्रसाद पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्था को आय व्यय विवरण कोषाध्यक्ष राम प्रसाद पाण्डे ले प्रस्तुत गर्नु भएको थियो। उक्त कार्यक्रममा धर्मांगत ज्ञवाली,चुडा कुमारी बिष्ट (सीता) , खिमानन्द भण्डारी, कालिका रेग्मी लगायत ले शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रमकाे सञ्चालन संस्थाका सह सचिव मिलन अर्यालले गर्नुभएको थियो।
प्रकाशित मिति : शनिबार, चैत्र ११ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्