आज प्रतिनिधि सभाको बैठक, कार्यसूचीमा सत्य निरुपण विधेयक

आज प्रतिनिधि सभाको बैठक, कार्यसूचीमा सत्य निरुपण विधेयक

काठमाडौं – प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सो प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्ने उल्लेख छ । अघिल्लो बैठकमा यस सम्बन्धी विधेयक प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रस्तुत गरेकी थिइन् ।

आजको बैठकमा त्यसमा छलफल हुने संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए । छलफल सकिएपछि संशोधनका लागि ७२ घण्टे समय अवधि तोक्ने, संसदीय समितिमा पठाउने लगायतका प्रक्रिया छन् । तर संक्रमणकालीन न्यायसँग सम्बन्धित यी विधेयकलाई सरकारले फास्ट ट्र्याकबाट पारित गर्ने तयारी गरेको छ ।

संवैधानिक परिषद् सम्बन्धी विधेयक पनि कार्यसूचीमा

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट नै संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

साथै सभामुख देवराज घिमिरेले पूर्वसभासद गणेशप्रसाद विमलीको निधनको शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि पनि छ । २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक सदस्यको रुपमा निर्वाचित भएका विमलीको ७४ वर्षको उमेरमा २०७९ चैत ७ गते निधन भएको थियो ।

यसैबीच आजै दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक पनि बस्दै छ । बैठकमा डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ पेस गर्ने कार्यसूचि छ ।

प्रकाशित मिति : आइतबार, चैत्र १२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij