मन्त्रालयको भागबन्डा टुंगिएपछि मात्रै मन्त्री तोक्ने एकीकृत समाजवादीको निर्णय

मन्त्रालयको भागबन्डा टुंगिएपछि मात्रै मन्त्री तोक्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले आफूहरुले पाउने मन्त्रालय टुंगिएपछि मात्रै मन्त्री बन्नेहरुको नाम टुंगो लगाउने भएको छ।

 

 

मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले मन्त्रालय बाँडफाँडको अन्तिम टुंगो लाग्न बाँकी रहेकाले औपचारिक निर्णय नगरिएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

‘हामीले यो वा त्यो मन्त्रालय भनेका छैनौं, तीन वटा मन्त्रालय चाहियो भनेका छौं, खतिवडाले भने, ‘अहिलेसम्म मन्त्रालयको भागबन्डा मिलिसकेको छैन, भागबन्डा मिलेपछि प्रधानमन्त्रीले नाम माग्नेवित्तिकै दिनेगरी हामी तयारी अवस्थामा छौं।’

समाजवादीले तीन वटा मन्त्रालय मागे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने दुई वटा मन्त्रालय दिने अवस्थामा छन्।

 

प्रकाशित मिति : मंगलबार, चैत्र १४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij