ढुंगाले लागेर पाल्पामा एक जनाको मृत्यु

ढुंगाले लागेर पाल्पामा एक जनाको मृत्यु

पाल्पा,।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवतीमा भीरबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय रनबहादुर रेश्मी रहेका छन ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घर नजिकैको भल्टेखानी गैरामा खानेपानीको पाइप बनाउन गएका रेश्मीलाई माथिल्लो भागबाट खसेको ढुंगाले लागेर मृत्यु भएको हो ।

आफन्तहरु खोजतलास गर्दै जाँदा रेश्मी खोल्सामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र १४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij