मन्त्रिपरिषदलाई पूर्णता दिँदै प्रधानमन्त्री

मन्त्रिपरिषदलाई पूर्णता दिँदै प्रधानमन्त्री

काठमाडौं – सत्तारुढ दलहरुबीच मन्त्रालयको भागवण्डा टुंगो लागेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय भागबण्डा टुंगो लगाउन बुधबार साँझ बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बोलाएका थिए ।

बैठकमा औपचारिक निर्णय नभए पनि मन्त्रालय भागबण्डाबारे मोटामोटी टुंगो लागेका नेताहरुले बताएका छन् । ‘प्रधानमन्त्रीले कुन दलले कुन मन्त्रालय पाउने भन्नेबारे सबै दलसँग अलगअलग कुरा गरेर प्रस्ताव ल्याउँछु भन्नुभएको छ’ बैठकमा सहभागी एक नेताले भने ।

तर मन्त्रालय संख्याबारे लगभग टुंगो लागेको ती नेताले बताए । उनका अनुसार, नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २/२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय पाउनेछन् । आम जनता पार्टीका अध्यक्ष प्रभु शाहलाई पनि सरकारमा सहभागी गराउने तयारी भएको छ ।

जसपाका नेता राजेन्द्र श्रेष्ठ, भोलि (बिहीबार) साँझसम्म मन्त्रिपरिषद बिस्तार गर्ने सहमति भएको बताउँछन् । ‘सबै पार्टीले आ–आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्रीहरुको नाम दिनुहुनेछ, त्यसपछि मन्त्रीहरुको शपथ हुन्छ’, श्रेष्ठले भने ।
प्रधानमन्त्री प्रचण्डले भने आजै मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका थिए । मन्त्रिपरिषदलाई पूर्णता दिन नसके पनि थोरै संख्यामा मन्त्री थप्न चाहेका थिए । त्यसैअनुसार, प्रमुख सत्ता साझेदार दलहरुलाई एक/एक जना भए पनि नाम दिन भनेका थिए ।

प्रकाशित मिति : बुधबार, चैत्र १५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij