मकै खेती गर्ने किसानलाई बुटवलले दियो कृषि सामग्री

मकै खेती गर्ने किसानलाई बुटवलले दियो कृषि सामग्री

 

बुटवल,

बुटवल उपमहानगरपालिकाले बुटवल १४ मा मकै खेती गरिरहेका किसानलाई कृषि सामग्री उपलब्ध गराएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तरगत बुटवल उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा मकै पकेट क्षेत्रका लागि पावर टिलर, मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, मकै पिस्ने मेसिन, त्रिपाल, जैविक मललगायतका सामग्री र उपकरण उपलब्ध गराएको हो ।

शनिबार बुटवल १४ मोतीगञ्जमा आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मोतीगञ्ज मकै पकेट सञ्चालन समन्वय समितिलाई उपकरण तथा सामग्री हस्तान्तरण गर्नुभयो ।

उपकरण तथा सामग्री हस्तान्तरण गर्दै पाण्डेयले तिनाउ पश्चिमका वडाहरुलाई कृषि उत्पादनमा अब्बल बनाउनका लागि उपमहानगरपालिकाले काम गरिरहेको बताउनुभयो । उहाँले किसानलाई लाभ हुने गरी गरिने खेतीमा बुटवल उपमहानगरपालिकाले सबै खालका सहयोग गर्ने बताउनुभयो । नगरप्रमुख पाण्डेयले कृषि उत्पादनलाई बजारीकरण गर्नका लागि बुटवल उपमहानगरपालिकाले प्राथमिकतामा राख्ने बताउनुभयो ।

उहाँले बुटवल उपमहानगरपालिकाले मकै पकेट सञ्चालन समन्वय समितिलाई मकै बिक्रीका लागि सटर उपलब्ध गराउने तयारीमा रहेको बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाले ११ लाख २२ हजार रुपैयाँ अनुदान दिएर किसानलाई प्रोत्साहन गरेको उपमहानगर कृषि विकास शाखा प्रमुख सन्तोष जीसीले बताउनुभयो । उहाँले मकै पकेट विकास कार्यक्रममा आवद्ध किसानलाई मल, बिउ, कृषि यन्त्र आदिमा ५० प्रतिशत अनुदान उपमहानगरले दिएको बताउनुभयो ।मोतीगन्ज मकै पकेट सञ्चालन समन्वय समितिका अध्यक्ष मुरारी खनालले पकेट क्षेत्रमा रामपुर ६, ८ र १० गरी ३ जातको हाइब्रिड र रामपुर कम्पोजिट नामको उन्नत जातका मकै खेती भएको र बुटवल उपमहानगरपालिकाको सहयोगमा वार्षिक ५० लाखसम्म आम्दानी गर्न सफल भएको बताउनुभयो । स्थानीय मुक्तिप्रसाद गैरेले बजारीकरणका लागि बुटवल उपमहानगरपालिकाबाट सहयोग हुनेबारे छलफल भइरहेकोले किसानले सिधै बजारमा लगेर आफ्ना उत्पादन बिक्री गर्दा दीर्घकालीन रुपमै मकै खेती अगाडि बढ्ने बताउनुभयो ।

प्रकाशित मिति : शनिबार, चैत्र १८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij