काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई ५७ रनले हराएको छ ।
गुवाहिटीमा राजस्थानले दिएको २ सय रनको लक्ष्य पछ्याएको दिल्लीले ९ विकेट गुमाएर १ सय ४२ रन मात्रै बनायो ।
दिल्लीका लागि डेविड वार्नरले ६५ र ललित यादवले ३८ रन बनाए । राजस्थानका ट्रेन्ट बोल्टले ३ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानका लागि जस बटलरले ७९, यशस्वी जैसवालले ६० र सिम्रन हेटमायरले ३९ रन बनाए । दिल्लीका मुकेश कुमारले २ विकेट लिए।
राजस्थान ४ अंकसहित शीर्ष स्थानमा छ भने तीन खेलमा खाता खोल्न नसकेको दिल्ली पुछारबाट दोस्रो स्थानमा छ ।
प्रकाशित मिति : शनिबार, चैत्र २५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्