बुटवल सुनचाँदी व्यवसायी महिला समूहमा किरण बिश्वकर्मा

बुटवल सुनचाँदी व्यवसायी महिला समूहमा किरण बिश्वकर्मा

बुटवल-बुटवल सुनचाँदी महिला समुह को अध्यक्षमा किरण विश्वकर्मा सर्वसम्मतरूपमा चयन भएकी छन्। समूहको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट विश्वकर्मा नेतृत्वमा ११ नयाँ कार्यसमिति चयन गरेको हो।

सोमबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा सरु खड्का , सचिवमा कोपिला रसाइली, कोषाध्यक्षमा रत्ना विश्वकर्मा सह सचिवमा शिबु खड्का कार्यसमिति सदस्यहरूमा इश्वरी बिक ,अम्बीका सेती ,सरस्वती पौडेल ,गिता बुढाथोकी ,गिता सुनार सर्वसम्मत चयन भएका हुन्। सल्लाहकारहरुमा कमला बिक,जोगमती कालीराज,अनिता दुधराज र विष्ष्णु गहतराज चयन भएका छन् ।
यस अघि कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी सुनचाँदी बिज्ञ समिति संयोजक प्रेम कुमार सेन्चुरी ले सुनचाँदीका ब्यवसायीहरुको हक हित र अधिकार प्राप्तिकालागि मात्र नभई गुणस्तरीय गरगहनाहरुको उत्पादन, ब्यवसायिक इमान्दारीता, उपभोक्तामुखी सेवा र सामाजिक उत्तरदायित्वको साथ देशको आर्थिक सम्बृद्धिमा योगदान गरेके बताए ।साथै उनले सुनचाँदी व्यवसाय प्रबन्धन गर्न सुनचाँदी व्यावसायि बीच एकरूपता हुनु पर्नेमा जोड दिए ।


महासंघ केन्द्रिय उपाध्यक्ष जोगलाल विश्वकार्म ले सुनचाँदी व्यावसाय ब्यबस्थापनमा महिलाको भुमिका अत्यन्तै महत्वपूर्ण भएको बताए । संगठन बलियो बनाउने रसमाजमा अझै रचनात्मक कार्यमा लाग्नुपर्ने बताए ।
कार्यक्रममा केन्द्रिय सदस्य एम बि बिश्वकर्मा ,सुनचाँदी व्यावसायी संघ लुम्बीनि प्रदेशका सहसचिव हरि बिक,सुनचाँदी व्यावसाय संघ रुपन्देहिका बरिष्ठ उपाध्यक्ष एस रत्न बज्राचार्य,उपाध्यक्ष किशोर सेन्चुरी ,महासचिव सिताराम रसाइली ,बिश्वज्योती सहकारी संस्थाका अध्यक्ष हेम बहादुर बिक,कोपिला रसाइली लगायतले बोल्दै सुनचाँदी व्यवसाय अगाडी बढाउन महिलाहरुको साथ महत्वपुर्ण रहेको बताएका थिए ।

कार्यक्रम समुहका अध्यक्ष कमला बिकको अध्यक्षता समुहका उपाध्यक्ष किरन बिकको स्वागत एबम सरु खड्काको संचालनमा सम्पन्न भएको हो ।

 

प्रकाशित मिति : सोमबार, बैशाख ४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij