बुटवल – तिलोत्तमा नगरपालिकाले सुरु गरेको नगर क्षेत्रमा हर्न निषेध र गुट्खाजन्य पदार्थको विक्री वितरणमा गरेको रोकावटलाई ऐक्यबद्धता जनाउँदै तिलोत्तमामा सचेतनामुलक कार्यक्रम गरिएको छ ।
संयुक्त भू.पू. सैनिक संघ तिलोत्तमा नगरपालिका वडा नं. २ को आयोजनामा नगरपालिकाको स्वघोषित कार्यक्रममा पुर्ण ऐक्यबद्धता रहेको भन्दै तिलोत्तमा वडा नं. २ को शान्ति चोक (शान्ति कुञ्ज)मा सचेतनामुलक कार्यक्रम गरेको हो ।
संयुक्त भू.पू. सैनिक संघ तिलोत्तमा नगरपालिका वडा नं. २ का अध्यक्ष डोर बहादुर खड्काले नगरपालिकाको योजनालाई सफल पार्न संघले सचेतनामुलक कार्यक्रम गरेको बताउंदै आगामी दिनमा पनि नगरका हरेक गतिविधिमा संघको संक्रियता अझ बढाउने बताए । उनले नगरपालिकाले गरेका हरेक निर्णय नगरबासीका लागि भएका कारण आफुहरुको उत्तरदायित्व अनुसार निर्णय कार्यान्वयनका लागि पनि सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको बताए ।
सचेतनामुलक कार्यक्रममा फोहोरमैला व्यवस्थापन उपभोक्ता समिति, जागृति टोल विकास संस्था, मालिका टोल विकास संस्था, लक्ष्मी टोल विकास संस्था, मिलिजुली आमा समूह, नव चेतना महिला समूह, जागृति युवा क्लवलगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले घर पालुवा जनावर दर्ता गरौं, फोहोरमैलालाई बर्गिकरण गरौं, पाल्तु कुकुर दर्ता गरौं, नगरमा हर्न बजाउन बन्द गरौ, गुट्खा जन्य पदार्थ विक्री वितरण बन्द गरौं लगाएतका प्ले कार्ड बोकेका थिए ।
उक्त कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले सम्बोधन गर्दै नगरको मानविय विकास र भौतिक विकासको गति तिब्र रहेको भन्दै यो अभियानमा नगरबासीको पूर्ण साथ हुनुपर्ने बताए । नगरबासीकै सहयोगले तिलोत्तमा नगरपालिकाले मुलुककै उत्कृष्ट नगरपालिका बनेको स्मरण गर्दै अब समुन्नत तिलोत्तमाको विकास आफुहरुको पहिलो प्राथमिकतामा रहेको बताए ।
संयुक्त भू.पू. सैनिक संघका उपाध्यक्ष क्याप्टेन नरबहादुर कार्कीले स्वागत तथा सचिव क्याप्टेन लालबहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : सोमबार, बैशाख ४ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्