चन्द्र भण्डारी भोलि नेपाल फर्किने

चन्द्र भण्डारी भोलि नेपाल फर्किने

काठमाडौं – भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्र (चन्द्रकान्त) भण्डारी आइतबार स्वदेश फर्किने भएका छन्।

 

गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागी हुँदा गम्भीर घाइते भएका डा भण्डारीलाई थप उपचारका लागि भारत लगिएको थियो। भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा भण्डारीको स्वास्थ्यमा अहिले सुधार आएको छ। उनी बोल्ने र हिँड्ने गर्न थालेका छन्।

नेपाल फर्केसँगै भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ‘ड्रेसिङ’ गर्न अस्पताल जाने छन्। उनी नेपाल वायुसेवा निगमको विमानमार्फत भोलि साँझ काठमाडौं आइपुग्ने भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिए।

आगलागीमा परी सांसद डा भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो। भण्डारीलाई सोही दिन थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो।

 

प्रकाशित मिति : शनिबार, बैशाख १६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij