JanataToday.com

Advertisment

SKIP THIS

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

काठमाण्डाै – नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा आज कुवेतसँगको खेल वर्षाले रद्द भए पनि नेपाल फाइनलमा पुगेको छ ।

नेपालले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभर ३  बलको खेल सकिँदा कुवेतले ६ विकेट गुमाएर ३७ रन बनाएको अवस्थामा पानी परेपछि खेल रद्द हुँदा नेपाल विजयी भएको हो । नेपालका करण केसीले पाँच विकेट लिएका छन् । करणले ४ ओभर ३ बलमा १० रन दिएर पाँच विकेट लिएका हुन् ।

यसअघि त्रिवी क्रिकेट मैदानमा पानी परेर ४२ ओभरमा झारिएको खेलमा नेपालले ९ विकेट गुमाएर २ सय ८० रन बनायो ।  नेपालका लागि रोहित पौडेलले सर्वाधिक ९४ रन बनाए । यस्तै,  कुशल मल्लले ५७,  कुशल भुर्तेलले ४३, आशिफ शेखले ३१, आरिफ शेखले १९ र सन्दीप लामिछानेले ५ रन बनाए । यस्तै सोमपाल कामीले १२, ललित राजवंशीले २,  भीम सार्की १ रनमा आउट हुँदा दीपेन्द्रसिँह ऐरीले खाता खोल्न पनि सकेनन् । कुवेतका मोहम्मद अस्लाम र अदान इद्रिसले २/२ विकेट लिए ।

प्रकाशित मिति : शनिबार, बैशाख १६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij