राप्रपाले केन्द्रीय कार्यसमिति बैठक बोलायो

राप्रपाले केन्द्रीय कार्यसमिति बैठक बोलायो

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। राप्रपाले जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बोलाएको हो।

 

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्ने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

साथै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समितिले तयार पारेको पार्टीको भावी रणनीति र कार्यनीतिसम्बन्धी कार्ययोजना, आर्थिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको छ।

यस्तै बैठकमा समसामयिक राजनीतिक विषय समेत छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

 

प्रकाशित मिति : बिहिबार, बैशाख २८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij